सुनकोसीमा कार दुर्घटना अपडेट : बेपत्ता दुईजनाको पहिचान खुल्यो
annapurnapost.com · Mon Aug 03 09:13:29 GMT 2026

सिन्धुली :सुनकोसी नदीमा कार खस्दा बेपत्ता भएकामध्ये दुईजनाको पहिचान खुलेको छ। कारका चालक सिन्धुपाल्चोकका ३९ वर्षीय दिल कुमार लामा र स्काइभेटर चालक सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ का अन्दाजी २७/२८ वर्षीय गणेश थापाको पहिचान खुलेको हो। अर्का एकजनाको पहिचान खुल्न बाँकी छ। उनीहरूको खोजि कार्य जारी छ।
मध्य पहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका-२ नवलपुरबाट कार सुनकोसी नदीमा खस्दा चालकसहित तीनजना वेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डीएसपी ) विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८(००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो ।
Read full story at source (annapurnapost.com)