सांसद भएर पनि न्याय पाइनँ, साइबर ब्युरो धाउँदा धाउँदै हैरान भएँ: ज्वाला संग्रौला
techpana.com · Mon Aug 03 09:38:29 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले आफू सांसद भइसक्दा समेत वर्षौंदेखि साइबर अपराधको शिकार हुनुपरेको र न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेकी छन् । सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सांसद संग्रौलाले फितलो साइबर सुरक्षा र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।
बैठकमा आफ्नो मोबाइलमा एउटा पुरानो स्क्रिनशट देखाउँदै उनले भनिन्, “म एउटा सांसद भइसक्दा समेत न्यायका लागि साइबर ब्युरो धाइरहनु परेको छ । मैले त न्याय पाइनँ भने यो देशका दूरदराजका, पिछडिएका, जसको आवाज छैन, ती महिलाले कसरी न्याय पाउँछिन् होला ? मलाई यो कुराले अत्यन्त चिन्तित बनाएको छ ।”
Read full story at source (techpana.com)