आदिम नेसनल कलेज: प्रविधि, व्यवहारिक शिक्षा र उज्ज्वल भविष्यको कथा (भिडियो)
ictsamachar.com

काठमाडौं । काठमाडौंको चाबहिल, चुच्चेपाटीस्थित आदिम नेसनल कलेजले नेपाली उच्च शिक्षाको क्षेत्रमा एउटा फरक पहिचान बनाउँदै गएको छ । तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिको युगमा केवल किताबी ज्ञान पर्याप्त हुँदैन भन्ने यथार्थलाई आत्मसात गर्दै यो कलेजले शैक्षिक गुणस्तरसँगै व्यवहारिक सीप, नवप्रवर्तन र करिअर विकासलाई समान प्राथमिकता दिएको छ ।
छ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको आफ्नै जग्गा, आधुनिक पूर्वाधार र व्यवस्थित शैक्षिक वातावरण यस कलेजका प्रमुख विशेषता हुन् । मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्मका कार्यक्रम सञ्चालन गर्ने एक पूर्ण शैक्षिक संस्थाका रूपमा आदिम नेसनल कलेजले विद्यार्थीलाई सुरुदेखि उच्च शिक्षा र पेशागत यात्रासम्म मार्ग दर्शन गर्ने लक्ष्य राखेको छ ।
Read full story at source (ictsamachar.com)