मनसुनको न्यून चापीय रेखा उत्तर सर्दा देशका धेरै ठाउँमा वर्षाको सम्भावना
nepalviews.com · Mon Aug 31 00:26:06 GMT 2026

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण हाल देशभर मौसम पूर्ण रूपमा बदली भई धेरै स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशभर नै वर्षाको गतिविधि बढेको हो। हाल कोशी प्रदेशका केही स्थानका साथै बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति पनि देशभर साधारणतया बदली नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
Read full story at source (nepalviews.com)