एनसेलका आचार्य, लगानी र सामर्थ्य
baahrakhari.com · Mon Aug 03 10:22:46 GMT 2026

काठमाडौं । पछिल्ला केही वर्षहरूमा नेपालमा धेरै चर्चा आउने व्यापारीको नाममा सतिशलाल आचार्य पनि एक हुन् । उनी प्रख्यात स्वर्गीय वरिष्ठ चिकित्सक आईएल आचार्यका जेठा छोरा हुन् । हाल सिंगापुरमा बसोबास गर्दै आएका उनी एक गैर आवासीय नेपाली हुन् र विगत लामो समयदेखि सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आएका छन् । हाल निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक एनसेलमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा उनको शतप्रतिशत लगानी रहेको छ ।
आधा दर्जनभन्दा बढी टेलिकम कम्पनीहरूमा लगानी गरेको अनुभव बोकेका आचार्यको कम्बोडियाको टेलिकम कम्पनीमा पनि लगानी रहेको छ । सरकारले पनि एनसेलको अन्तिम पाँच वर्षका लागि आचार्यको प्राविधिक, व्यवस्थापकीय र वित्तीय क्षमताका आधारमा नवीकरण गरिसकेको छ ।
Read full story at source (baahrakhari.com)