बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
khabarhub.com · Mon Aug 31 00:35:02 GMT 2026

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ किसान लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२–८३ मा सञ्चालन गरिएको कार्यक्रमका लागि विनियोजित ३० लाख बजेटमध्ये २९ लाख ३१ हजार खर्च भएको केन्द्रले जनाएको छ ।
पशुपालन व्यवसायलाई व्यवस्थित, व्यावसायिक तथा उत्पादनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा बङ्गुर, बाख्रा तथा दुग्ध उत्पादनतर्फका कृषक समूहलाई लक्षित गरी पूर्वाधार निर्माण तथा आवश्यक सामग्री र उपकरण सहयोग गरिएको पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिए ।
Read full story at source (khabarhub.com)