आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
ratopati.com · Mon Jun 29 11:07:38 GMT 2026

तेहरान । पश्चिम एसियामा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ । इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिएका छन् ।
तस्निम समाचार संस्थाका अनुसार बेलायतीले बहराइनलाई आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कडा रूपमा दिने बताए । इरानले अमेरिकाले आफ्नो विरुद्ध सैन्य कारबाही गर्न खाडी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।
Read full story at source (ratopati.com)