जलवायुको मारमा धानको सुरक्षा, किन आवश्यक छ जलवायुमैत्री कृषि प्रविधि ?
arthadabali.com · Mon Jun 29 10:51:27 GMT 2026

काठमाडौँ / पछिल्लो समय जलवायु परिवर्तनको असरले बढाएको सुक्खा तथा खडेरीको असर प्रत्यक्ष रूपमा कृषि क्षेत्रमा देखिन थालेको छ। नेपालजस्तो धानखेतीमा आत्मनिर्भर बन्ने प्रयासरत मुलुकलाई जलवायुजन्य सङ्कटको सामना गर्न चुनौती थपिँदै गएको छ ।
जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुनसक्ने प्रक्षेपण गरिरहँदा यस वर्ष पनि धान रोपाइँलाई असर गर्नसक्ने भन्दै कृषकहरू चिन्तित देखिन्छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ कृषि अर्थविज्ञ लालकुमार श्रेष्ठले मनसुनको समयमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण हुँदा बर्खे धानमा असर गर्नसक्ने भन्दै चिन्ता जनाए ।
Read full story at source (arthadabali.com)