किन विवादमा पर्यो फिल्म ‘ईठा’?
nagariknews.nagariknetwork.com · Mon Jun 29 10:29:40 GMT 2026

श्रद्धा कपूर अभिनित आगामी फिल्म ‘ईठा’ रिलिज अघि नै यसको शीर्षकका कारण विवादमा परेको छ। फिल्ममा श्रद्धाको ‘लुक’ निकै आकर्षक देखिन्छ। उक्त फिल्म महाराष्ट्रकी चर्चित लावणी नृत्याङ्गना, गायिका तथा कलाकार विठाबाई नारायणगांवकरको जीवनमा आधारित रहेको बताइएको छ।
फिल्मको शीर्षकलाई लिएर राजनीतिक तथा साँस्कृतिक बहस सुरु भएका छ। फिल्मको टिजर सार्वजनिक भएपछि नेशनलिस्ट कांग्रेस पार्टीले फिल्मको शीर्षकप्रति आपत्ति जनाएका छन्।। पार्टीका अनुसार, फिल्म महान कलाकार विठाबाईको जीवनमा आधारित भएकाले शीर्षकमा पनि उनको नाम समावेश हुनुपर्छ। पार्टीको स्पष्ट भनाइ छ, फिल्म ‘ईठा’ शीर्षकले महाराष्ट्रकी महान तमाशा कलाकार तथा प्रसिद्ध लावणी नृत्याङ्गनाको ऐतिहासिक विरासत र कला क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदानलाई उचित सम्मान वा न्याय गर्दैन।
Read full story at source (nagariknews.nagariknetwork.com)