१ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ गएपछि...
ratopati.com · Thu Aug 27 14:30:02 GMT 2026

काठमाडौँ । बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री कार्यालयको उद्धार कोषमा १ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ ट्रान्सफर भएको छ ।
कोटेश्वरको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबार १ लाख रुपैंयाँ पठाउँन खोज्दा भुलवश १० लाख रुपैंयाँ ट्रान्सफर भएको हो । सुयोग्य सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले भुलवश जम्मा भएको रकम फिर्ता गरिदिन प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषलाई सम्बोधन गर्दै निवेदन लेखेका छन् ।
Read full story at source (ratopati.com)