‘बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षा हुन्छ’
himalpress.com · Mon Aug 31 00:36:21 GMT 2026

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ।
अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। सोमबार पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा वर्षा हुनेछ।
Read full story at source (himalpress.com)