उद्योग वाणिज्य महासङ्घका थप तीन समितिले पायो पूर्णता
ratopati.com · Mon Aug 03 11:02:28 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए । महासङ्घमा विभिन्न २५ वटा समितिहरु रहेका छन् ।
पछिल्लो पटक महासङ्घका केन्द्रीय सदस्यहरू हेमन्त गोल्छाको सभापतित्वमा बैङ्क, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वको मेला समिति तथा सङ्घर्ष विष्टको सभापतित्वको पर्यटन तथा हवाई यातायात समिति विस्तारसँगै महासङ्घअन्तर्गतका थप तीन समितिले पूर्णता पाएका हुन् ।
Read full story at source (ratopati.com)