कोशी प्रदेश एमालेमा ‘गाँठो’ फुकेन, मुख्यमन्त्री कार्कीलाई बैठकमा बोल्नै दिइएन
ratopati.com · Mon Aug 03 11:26:48 GMT 2026

विराटनगर । विराटनगरमा नेकपा एमाले प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलको संयुक्त बैठक सकिएको छ । बैठकमा एमालेका सचिव तथा कोशीका इन्चार्जसमेत रहेका शेरधन राईले नेपाली कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति र पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन पालना गर्न सबै सांसदलाई ‘निर्देशन’ दिएका छन् ।
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सभाका धेरैजसो सांसद उपस्थित थिए । बैठकमा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले स्वागत मन्तव्य राखेपछि केन्द्रीय राजनीति र पार्टीको निर्देशनबारे इन्चार्ज राईले निर्देशनात्मक मन्तव्य दिएका थिए ।
Read full story at source (ratopati.com)