अमेरिकी क्रिकेटर अखिलेश रेड्डी म्याच फिक्सिङमा दोषी ठहर
ratopati.com · Mon Aug 03 11:36:49 GMT 2026
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई म्याच फिक्सिङसम्बन्धी भ्रष्टाचारविरोधी संहिता उल्लङ्घन गरेको ठहर गर्दै ८ वर्षका लागि सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ ।
आईसीसीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार रेड्डीले अबुधाबी टी–१० लिगका क्रममा भ्रष्टाचारविरोधी संहिताका तीन वटा प्रावधान उल्लङ्घन गरेका थिए । उनीमाथि नोभेम्बर २०२५ मा आरोप लागेपछि अस्थायी रूपमा निलम्बन गरिएको थियो ।
Read full story at source (ratopati.com)