बागमतीमा वाम गठबन्धनलाई सकस : न बानियाँको राजीनामा, न बहुमतको ठेगान
ratopati.com · Mon Aug 03 11:45:00 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकार अल्पमतमा परेको १५ दिन बितिसकेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सत्ता साझेदार दल नेकपा एमालेले नयाँ गठबन्धन बनाएको थियो ।
साउन ६ गते सरकारबाट अलग भएको एमालेले साउन ९ गते सरकारको नेतृत्वका लागि नेकपासँग भागबन्डा गर्यो । सरकार अल्पमतमा परेको १५ दिन बितिसक्दा पनि नयाँ सरकार गठनका विषयमा वाम दलहरू ठोस निर्णयमा पुग्न सकेका छैनन् ।
Read full story at source (ratopati.com)