नेपालका ९० प्रतिशत एमएसएमई बिमाबाहिर, जोखिमको घेरामा अर्थतन्त्रको मेरुदण्ड
arthadabali.com · Mon Aug 03 11:47:45 GMT 2026

काठमाडौँ / नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) मध्ये करिब ९० प्रतिशत अझै बिमाको पहुँचबाहिर रहेको तथ्य सार्वजनिक भएको छ। जोखिम व्यवस्थापन कमजोर र वित्तीय पहुँच सीमित हुँदा यो क्षेत्र अझै असुरक्षित अवस्थामा रहेको भन्दै विज्ञहरूले बिमा, कर्जा र नीतिगत संरचनामा व्यापक सुधार आवश्यक रहेको औँल्याएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल बिमा प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सोमबार आयोजना गरेको ‘रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमईज’ अध्ययन प्रतिवेदन सार्वजनिक तथा नीतिगत छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि पनि एमएसएमई क्षेत्र पूर्ण रूपमा पुनरुत्थान हुन नसकेको बताए।
Read full story at source (arthadabali.com)