चिया निर्यातमा गुणस्तर परीक्षणको झन्झटको साइड इफेक्ट, घट्यो निर्यात
himalpress.com · Mon Aug 03 05:21:19 GMT 2026

झापा- पूर्वीनाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा चियाको निर्यात परिमाण र त्यसबाट भएको आम्दानी दुवै घटेका छन्।
भन्सार कार्यालयको तथ्यांकअनुसार आव २०८२/०८३ मा तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो। अघिल्लो आव २०८१/०८२ मा भने चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो।
Read full story at source (himalpress.com)