मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध
himalpress.com · Mon Aug 03 09:37:49 GMT 2026

काठमाडौँ- चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ।
नेपाल प्रहरीका अनुसार सोमबार दिउँसो २ बजे सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी काम भइरहेको प्रहरीले जनाएको छ।
Read full story at source (himalpress.com)