बाढी–पहिरोले संरचनामा क्षति पुर्याएपछि रिडी पावरको ९.९ मेगावाट क्षमताको आयोजना बन्द
aarthiknews.com

काठमाडौं । रिडी पावर कम्पनीले सञ्चालन गरेको ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजनामा बाढी तथा पहिरोबाट क्षति पुगेपछि असार २६ गतेदेखि उत्पादन बन्द भएको छ। कम्पनीका अनुसार गत जेठदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले आयोजनाको हेडरेस पाइपलाइन रहेको क्षेत्रमा नदी कटान गर्दा पाइपलाइनका आधार संरचना (एङ्कर ब्लक, पाइप सपोर्ट) तथा अन्य सिभिल संरचनामा क्षति पुगेको हो।
निरन्तर वर्षा र भूक्षयका कारण पाइपलाइनमाथि अत्यधिक दबाब सिर्जना हुँदा विभिन्न स्थानमा पाइप फुट्ने तथा चिरा पर्ने समस्या देखिएको कम्पनीले जनाएको छ । आयोजना पुनः सञ्चालनमा ल्याउने उद्देश्यले विभिन्न चरणमा मर्मत तथा परीक्षण कार्य गरिए पनि परीक्षणका क्रममा पुनः पाइपलाइनका विभिन्न स्थानमा क्षति देखिएको बताइएको छ।
Read full story at source (aarthiknews.com)