ग्रीसमा डढेलो निभाउने क्रममा दुई हेलिकप्टर आकाशमै ठोक्किएपछि...
nepalviews.com · Mon Aug 03 03:48:52 GMT 2026

काठमाडौं। ग्रीसमा जङ्गलको डढेलो नियन्त्रण गर्ने क्रममा दुईवटा हेलिकप्टर आकाशमै एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जना चालक दलका सदस्यको मृत्यु भएको छ। उक्त दुर्घटनामा परेर एक डेनिस पाइलट र एक ग्रिक अग्नि नियन्त्रक समन्वय अधिकारीको ज्यान गएको हो ।
राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा भएको उक्त दुर्घटनामा बेल कम्पनीका दुई हेलिकप्टर आपसमा ठोक्किएका थिए। त्यसमध्ये एउटा हेलिकप्टरको प्रोपेलरमा अर्को हेलिकप्टर ठोक्किएपछि उक्त विमानमा आगो लागेर एउटा खोँचमा खसेको थियो। अर्को हेलिकप्टर भने सुरक्षित रूपमा आपत्कालीन अवतरण (इमर्जेन्सी ल्यान्डिङ) गर्न सफल भएको थियो
Read full story at source (nepalviews.com)