सात महिनामा ६ लाख ९२ हजार पर्यटक भित्रिए, गत वर्षको तुलनामा ४४ हजारले बढ्यो
clickmandu.com · Mon Aug 03 10:44:03 GMT 2026

काठमाडौं । सन् २०२६ को सात महिनामा ६ लाख ९२ हजार २२८ जना पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार पछिल्लो सात महिनामा भित्रिएका पर्यटक गत वर्षको सोही अवधिको तुलनामा ६.८४ प्रतिशत अर्थात ४४ हजार ३४६ जनाले पर्यटक बढेका छन् ।
तथ्यांक अनुसार पछिल्लो सात महिनामा नेपाल आएका पर्यटकध्ये सबैभन्दा बढी मार्च महिनामा आएका छन् । उक्त महिनामा १ लाख २० हजार ५१६ पर्यटक भित्रिएका छन् । यो अवधिमा सबैभन्दा कम जुलाई महिनामा ७१ हजार मात्रै आएका छन ।
Read full story at source (clickmandu.com)