सभामुख र सांसदकै गाउँ बर्सेनि हिलोमा, बिरामी बोक्न पनि सकस
annapurnapost.com · Mon Aug 03 10:45:50 GMT 2026

धादिङ : देशको सर्वोच्च राजनीतिक नेतृत्वमध्येका वर्तमान सभामुखको पुर्ख्यौली गाउँ र धादिङ-२ का सांसदको गृहगाउँ नै वर्षा लाग्नेबित्तिकै सडक समस्याले थलिने गरेको छ। धादिङको ज्वालामुखी गाउँपालिका-२ मैदी, जहाँ सभामुख डिपी अर्यालको पुर्ख्यौली घर र सांसद बोधनारायण श्रेष्ठको घर रहेको छ, त्यहाँका स्थानीयले वर्षौंदेखिको सडक समस्याबाट अझै मुक्ति पाउन सकेका छैनन्।
निर्वाचनका बेला विकासका प्रतिबद्धता गर्ने नेताहरू अहिले राज्यको उच्च तहमा पुगे पनि गाउँ जोड्ने सडक वर्षा सुरु हुनासाथ हिलो र लेदोले अवरुद्ध हुने क्रम दोहोरिएको स्थानीयको गुनासो छ। ज्वालामुखी गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ लाई जोड्ने ससाह-अमराईँ मैदी सडक, पाल्पा भञ्ज्याङ-साँधभञ्ज्याङ-मैदी सडक तथा ढोला-मैदी सडक निरन्तर वर्षापछि हिलाम्मे बनेका छन्। सडकको अवस्था बिग्रिएपछि सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ भने केही स्थानमा बोलेरो जस्ता गाडीलाई डोजरले तानेर वारपार गराउनुपर्ने अवस्था रहेको स्थानीय राजकुमार श्रेष्ठले बताए।
Read full story at source (annapurnapost.com)