लक्ष्मीको शव १३ दिनदेखि अस्पतालमै अलपत्र
annapurnapost.com · Mon Aug 03 12:08:21 GMT 2026

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ सिद्धपुरमा साउन ६ गते बिहान मृत अवस्थामा भेटिएकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव नारायणी अस्पतालमै रहेको छ।
पर्साकै ठोरी–३ रामनगरमा माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी साउन ६ गते बिहान आफ्नै घर छेउको गोठमा मृत फेला परेकी थिइन्। तर, उनको मृत्यु आत्महत्याका कारण नभई हत्या गरेर शव गोठमा झुण्ड्याइएको माइती पक्षको आरोप छ। मृतक लक्ष्मीको शव नारायणी अस्पतालमा पोस्टमार्टम गरे पनि माइती पक्षले नबुझेका कारण लक्ष्मीको शव १३ दिन देखि अस्पतालकै शवगृहमा राखिएको छ। माइती पक्षले अस्पतालको पोस्टमार्टम रिपोर्ट गलत रहेको भन्दै शव बुझ्न मानेका छैनन्।
Read full story at source (annapurnapost.com)