शिक्षामन्त्रीसँगको भेटमा मंगोलियाका पूर्वप्रधानमन्त्रीले के भने ?
nepalpress.com · Mon Aug 03 09:03:49 GMT 2026

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा पूर्वप्रधानमन्त्रीले शिष्टाचार भेट गरेका हुन्।
भेटमा नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (nepalpress.com)