लागूऔषधसहित काठमाडौँको नागपोखरीबाट चार जना नियन्त्रणमा
nepalpress.com · Mon Aug 03 12:07:41 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट विभिन्न लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१ का ४३ वर्षिय प्रभात तिवारी, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, सर्लाहीको मलंगवा नगरपालिका–८ का सुजन रायमाझी तथा ललितपुर बागडोल–४ बस्ने ५१ वर्षिय सविन श्रेष्ठलाई पक्राउ गरिएकाे हाे ।
Read full story at source (nepalpress.com)