कमजोर एमालेको जनआधार कसरी उठ्छ ?
nepalpress.com · Mon Aug 03 11:38:01 GMT 2026

राजनीतिक दलहरूका लागि निर्वाचनमा हार वा सरकारबाट बाहिरिनु अस्वाभाविक घटना होइन । लोकतन्त्रमा सत्ता परिवर्तन नियमित प्रक्रिया हो । तर, सबै हार समान हुँदैनन् । केही हारले सरकार परिवर्तन गर्छन्, केहीले नेतृत्व परिवर्तन गर्छन् र केही हारले दलहरूलाई आफ्नो राजनीतिक यात्रा, सङ्गठनात्मक संस्कार र जनतासँगको सम्बन्धमाथि पुनर्विचार गर्न बाध्य बनाउँछन् । जसलाई राजनीति शास्त्रमा रूपान्तरणको निर्णायक मोडका रूपमा व्याख्या गर्न सकिन्छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हालै पार्टीको आन्तरिक बैठकमा व्यक्त गरेका विचारलाई यदि कार्यान्वयनको तहमा लैजाने हो भने यस्तै एउटा निर्णायक मोडको रूप लिन सक्छ । उनका अभिव्यक्तिहरूमा प्रतिपक्षप्रतिको आरोपभन्दा आफ्नै कमजोरीको स्वीकारोक्ति बढी सुनियो ।
Read full story at source (nepalpress.com)