चिया निर्यातमा गिरावट, करोडौँले आम्दानी घट्यो
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने यसअघिको आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो।
Read full story at source (hamrakura.com)