नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाइयो
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि अहिले दुवैतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।
आज बिहान सो सडकखण्डका विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा यातायात सेवा प्रभावित भएको थियो। डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलो क्षेत्रमा लेदोसहितको पहिरो खसेको थियो।
Read full story at source (hamrakura.com)