आङ सान सुकीलाई सैन्य सरकारले पाँच वर्षमा पहिलो पटक गर्यो सार्वजनिक
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
म्यानमार । म्यानमारकी पूर्व नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी लगभग पाँच वर्षमा पहिलो पटक देखिएकी छिन् । सैन्य सरकारले सोमबार रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का म्यानमार प्रतिनिधि अर्नो डे बेकसँग आङ सान सुकीको भेटको तस्बिरहरू जारी गरेको हो ।
सन् २०२१ मा भएको सैन्य विद्रोहपछि यो उनको बाहिरी संसारसँगको दुर्लभ सार्वजनिक सम्पर्क मानिन्छ । सरकारले सोमबार बिहान भेट भएको बताएको छ, तर कहाँ वा कुन विषयमा छलफल भएको खुलासा गरेको छैन ।
Read full story at source (hamrakura.com)