फिफा अध्यक्ष इन्फान्टिनोलाई झट्का: वेल्सले लियो समर्थन फिर्ता
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वेल्स फुटबल एसोसिएसन (एफएडब्लु) ले आधिकारिक रूपमा समर्थन फिर्ता लिएको छ। विश्वकप प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद प्रस्ताव असफल भएपछि सार्वजनिक रूपमा समर्थन फिर्ता लिने वेल्स पहिलो सदस्य राष्ट्र बनेको छ।
एफएडब्लुले जारी गरेको विज्ञप्तिमा सन् २०२७–२०३१ को कार्यकालका लागि फिफा अध्यक्ष पदमा इन्फान्टिनोको उम्मेदवारीलाई अब समर्थन नगर्ने स्पष्ट पारिएको छ। संस्थाले सुशासन, निर्णय प्रक्रिया, नेतृत्व, मूल्यमान्यता, हितधारकसँगको सम्बन्ध, सञ्चार तथा पछिल्ला निर्णयहरूमा देखिएका कमजोरीका कारण इन्फान्टिनोप्रतिको विश्वास गुमेको जनाएको छ। साथै, विश्व फुटबलको हितलाई पहिलो प्राथमिकतामा राख्न असफल हुनु स्वीकार्य नभएको उल्लेख गर्दै यही कारण समर्थन फिर्ता लिइएको स्पष्ट गरिएको छ।
Read full story at source (hamrakura.com)