मङ्गोलियाका पूर्वप्रधानमन्त्रीलाई भेटे परराष्ट्रमन्त्रीले
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातारबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र मङ्गोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
Read full story at source (hamrakura.com)