साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
arthasansar.com · Mon Aug 03 04:47:57 GMT 2026

साप्सु कालिका हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ५ गतेका लागि ९ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय महारजगंज काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । समामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ. व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने छ ।
Read full story at source (arthasansar.com)