१२.४३ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन, कुन व्यापार कति ?
arthasansar.com · Mon Aug 03 11:24:08 GMT 2026

जीवन बीमा कम्पनीहरुको व्यवसाय करिब साढे १२ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा जीवन बीमा कम्पनीको व्यवसाय १२.४३ प्रतिशतले बढेको हो ।
सञ्चालमा रहेका ठूला जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा २ खर्ब १ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीहरुले १ करोड १८ लाख ५० हजार ३९१ बीमालेख मार्फत उक्त रकमको बीमा शुल्क संकलन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्मा जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब ७७ अर्ब ९० कराड रुपैयाँको व्यवसाय गरेका थिए ।
Read full story at source (arthasansar.com)