नेपालमा पहिलोपटक वर्ल्ड टेनिस नम्बरको सुरुआत
baahrakhari.com · Thu May 23 17:32:17 UTC 2024
काठमाडौं । नेपाल टेनिस संघले नेपालमा पहिलोपटक वर्ल्ड टेनिस नम्बर (डब्लूटीएन)को सुरुआत गरेको छ । टेनिस संघकी अध्यक्ष ज्योति राणाले बिहीबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को सभाकक्षमा आयोजित एक कार्यक्रमबीच डब्लूटीएनको सुरुआत गरिएको घोषणा गरिन् ।
डब्लूटीएनको सुरुआतसँगै प्रतियोगिता व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न सहज हुने टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी गराए । टेनिस प्रतियोगिता आयोजकले नेपाली खेलाडीको रेटिङका लागि टेनिस संघलाई निश्चित शुल्क तिरेर ‘एक्सेस’ लिई प्रतियोगितामा सहभागी हुने खेलाडीको नामवली डब्लूटीएनमा समावेश गर्न पाउनेछन् । त्यसपछि खेलाडीले गरेको प्रदर्शनका आधारमा सम्बन्धित खेलाडीको रेटिङ हुनेछ । रेटिङ न्यूनतम ४० अंकदेखि सुरु हुनेछ ।
Read full story at source (baahrakhari.com)