पीडितको सहारा होल्डिङ सेन्टर
gorkhapatraonline.com · Mon Aug 31 00:46:57 GMT 2026

नुवाकोटको विदुर नगरपालिका देवीघाटकी कान्छी नेपाली भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित भएपछि गत बुधबारदेखि नजिकैको चन्द्रज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर (होल्डिङ सेन्टर) मा बसिरहनुभएको छ । मानवीय क्षति नभए पनि बाढीले उहाँको घर र सम्पूर्ण समान बगाएको छ । तैपनि उहाँ अहिले शिविरको बसाइ र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ ।
नेपाली भन्नुहुन्छ, “शिविरमा उपलब्ध गराइएको खाना, खाजा र वासस्थानप्रति पूर्ण सन्तुष्ट छु । बाढीले घर बगाएको पीडा त छँदै छ तर यो मायालु वातावरणले पीडालाई थोरै भए पनि बिर्साइदिएको छ ।” दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्यकर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधी पनि उपलब्ध गराइएको छ ।
Read full story at source (gorkhapatraonline.com)