अन्ततः प्रमाणीकरण भयो गाँजा विधेयक
ratopati.com · Mon Aug 03 12:57:19 GMT 2026

पोखरा । गण्डकी प्रदेश सभाबाट दोस्रो पटक पारित भएको गाँजा विधेयक अन्ततः प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार विधेयक प्रमाणीकरण गरेका हुन् ।
संविधानको धारा २०१ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि पारित गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
Read full story at source (ratopati.com)