कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा चीन जाँदै
ratopati.com · Mon Aug 03 13:51:32 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सोमबार राति चीन भ्रमणमा जाँदैछन् । पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार उनी राति साढे ११ बजे चीन प्रस्थान गर्न लागेका हुन्।
उपसभापति शर्मा कुनै औपचारिक सरकारी वा पार्टीगत टोलीको नेतृत्व नगरी व्यक्तिगत निमन्त्रणामा चीन जान लागेका हुन्। यस भ्रमणमा उनीसँग अरू कोही पनि सहभागी नहुने र उनी एक्लै त्यसतर्फ जान लागेको स्रोतले जानकारी दियो।
Read full story at source (ratopati.com)