सिभिल अस्पतालमा अबदेखि चिकित्सकको नाममै टिकट काट्न सकिने
ratopati.com · Mon Aug 03 13:56:31 GMT 2026

काठमाडौँ। निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले बिरामीहरूका लागि ओपीडी टिकट काट्ने प्रक्रिया परिवर्तन गरेको छ। अस्पताल प्रशासनले सोमबारदेखि लागू हुने गरी पुनः चिकित्सकको नाममै ओपीडी टिकट जारी गर्ने व्यवस्था सुरु गरेको हो।
यसअघि अस्पतालमा डाक्टरको नाममा नभई सम्बन्धित विभागको नाममा मात्रै (जस्तै: मेडिसिन, हाडजोर्नी, छाला रोग आदि) टिकट काट्ने गरिन्थ्यो। नयाँ व्यवस्थासँगै अब अस्पताल पुग्ने बिरामीहरूले आफूले जँचाउन चाहेको वा रोजेको डाक्टरको नाम तोकेरै सहजै टिकट लिन सक्नेछन्।
Read full story at source (ratopati.com)