हर्मुज खुला नभएको इरानको स्पष्टोक्ति
corporatenepal.com · Mon Aug 03 12:42:22 GMT 2026

तेहरान । इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गसम्बन्धी भएको प्राविधिक समझदारीलाई लिएर हर्मुज जलघाँटी पुनः सञ्चालन हुन लागेको भन्ने व्याख्या अस्वीकार गर्दै जलघाँटी अझै बन्द नै रहेको र त्यसलाई खोल्ने निर्णय पूर्णतः अलग विषय भएको स्पष्ट गरेको छ । इरानले जलघाँटी बन्द रहनुको कारण अमेरिकाको नाकाबन्दी, सम्झौता उल्लङ्घन तथा आफूविरुद्ध जारी शत्रुतापूर्ण गतिविधिलाई जिम्मेवार ठहर गरेको छ ।
इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि आवश्यक प्राविधिक पूर्वशर्त मात्र भएको बताए । उनका अनुसार यसलाई हर्मुज जलघाँटी पुनः खोल्ने निर्णयका रूपमा बुझ्न मिल्दैन ।
Read full story at source (corporatenepal.com)