‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
barnanmedia.com · Mon Aug 03 10:57:53 GMT 2026

माइतीले दिएको सुन बेचेर धुलिखेलकी सीता बजगाईँ कुवेतमा घरेलु श्रमिकका लागि पुग्नुभयो । घर खर्च जुटाउन सुन बेचेर विदेशिनु उहाँको बाध्यता थियो । त्यसमा पनि साना नानीहरूलाई कोठा भाडामा राखेर समुन्द्रपारि जानु उहाँका लागि सजिलो थिएन ।
डेढ दशकअघि घरेलु कामदारका रुपमा खाडी मुलुक पुग्दाका सङ्घर्ष सम्झिदा बजगाईँको जीवनमा धेरै सिक्ने र अनुभव गर्ने अवसर पाएको बताउनुहुन्छ । “सन्तान हेरिदिने कोही थिएन”, उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “ड्युटीबाट बिदा हुनेबित्तिकै छोराछोरीलाई भिडियोमार्फत फोन गर्थेँ, उनीहरूलाई सम्झाउँदै आफैँ रुन्थेँ ।”
Read full story at source (barnanmedia.com)