मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
barnanmedia.com · Mon Aug 03 10:51:36 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले काम नै नभएको शीर्षकहरुमा समेत खर्च भएको भनी झुट्टा विवरण तयार गरी भ्रष्टाचाार गरेको आरोपसहित आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । आव २०७२/७३ देखि आव २०७८/७९ सम्मको झाडी सफाइ, अग्नी रेखा निर्माण, खरघाँस रोपण÷वृक्षरोपण, वनहेरालु तलब, भँैसी पालन, बाख्रापालन, डढेलो नियन्त्रण, मौरी घार समेतका खर्चहरूको नक्कली बिल भरपाइ देखाइ लेखापरीक्षण गरी वनबाट आम्दानी भएको रकम हिनामिना गर्ने कार्य गरेको आयोगको आरोप छ ।
Read full story at source (barnanmedia.com)