कूटनीतिको मूल आधार नै संवाद : परराष्ट्रमन्त्री खनाल
nepalnews.com · Mon Aug 03 14:51:01 GMT 2026

काठमाडौँ। परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले कूटनीतिक भाषा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंको त्रिपुरेश्वरस्थित सगरमाथा सभाकक्षमा सोमबार आयोजना गरेको कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम-२०२६ मार्फत प्रशिक्षण कार्यक्रमको औपचारिक सुरुआत गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी पहलको औपचारिक शुभारम्भ गरे। उनले कूटनीतिको मूल आधार नै संवाद रहेको बताए। नयाँ भाषा सिकाइले विश्वदृष्टिलाई फराकिलो बनाउने उल्लेख गर्दै उनले नयाँ समुदायसँग सम्बन्ध स्थापित गर्न, विचारहरू प्रत्यक्ष रूपमा आदानप्रदान गर्न तथा नेपालको कथा विश्वभर पुर्याउन भाषिक दक्षताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
Read full story at source (nepalnews.com)