भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सीटीस्क्यान मेसिन सञ्चालन
ratopati.com · Mon Aug 03 14:16:55 GMT 2026

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सीटीस्क्यान मेसिन आजदेखि सञ्चालनमा आएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले मेसिन सञ्चालनमा आएपछि सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सीटीस्क्यान सेवा सहज रुपमा अस्पतालबाट प्राप्त गर्न थालेका जानकारी दिए । उनले मेसिन सञ्चालन गर्न करिब एक महिनाको समयावधि लागेको जानकारी दिँदै अब भारतलगायत अन्यत्र क्षेत्रमा बिरामी जाने बाध्यता हट्ने बताए।
Read full story at source (ratopati.com)