मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
ratopati.com · Mon Aug 03 14:10:57 GMT 2026

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका ९ वटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार साेमबार ५ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, ताप्लेजुङ, लमजुङ लगायतका जिल्लाका सडकखण्ड प्रभावित भएका हुन्।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ।
Read full story at source (ratopati.com)