‘तिमी आउने बाटो’ गायक डिजराज पौडेलले ल्याए ‘पूर्व धरान’
ratopati.com · Mon Aug 03 14:20:08 GMT 2026

काठमाडौँ । गायक डिजराज पौडेलले नयाँ गीत ‘पूर्व धरान’ ल्याएका छन् । ‘तिमी आउने बाटोमा’ फेम्ड यी गायकको नयाँ गीतमा सुप्रिया तामाङको पनि स्वर समावेश छ । पूर्वेली लोकशैलीको यो गीतमा डिजराजकै शब्द तथा संगीत छ ।
कपिल कार्कीले रमाइलो शैलीमा गीतको भिडियो बनाएका छन् । भिडियोमा डिजराजसँगै कर्णराज गिरी, नियुक्ति शेर्पा, राजन चौलागाईं ‘खैराते’, भूपेन्द्र रायमाझी, आशिष थापा, रेजिना रानाभाट, विनोद पराजुली र राजन उप्रेती फिचर्ड छन् ।
Read full story at source (ratopati.com)