रिहा भएलगत्तै दुर्गा प्रसाईंले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप
ratopati.com · Mon Aug 03 15:30:53 GMT 2026

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्। सोमबार जिल्ला अदालत भक्तपुरकाे आदेशले रिहा भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले गृहमन्त्री गुरुङ ब्राग (प्रसाईंका अनुसार राेहिंग्याहरूलाई पालनपोषण गर्ने संस्था) को सदस्य (मेम्बर) भएको आरोप लगाएका हुन्।
प्रसाईंले भने,‘राेहिंग्या भित्र्याउने ब्राग भन्ने संस्था छ। रोहिंग्याहरूलाई पालनपोषण गर्छ, मुसलमानहरूलाई । नेपाली मुसलमानहरूले गरेको होइन यो रोहिंग्या मुसलमानहरूलाई पालनपोषण गरेर भारत र नेपाल भित्र्याउने जुन संस्था छ ब्राग,त्यसको मेम्बर आजको हाम्रो गृहमन्त्री हुनुहुन्छ। हामीले यो आरोप लगायौँ, प्रमाण देखायौँ। तपाईंले होइन भनेर पुष्टि गर्नुस् न गृहमन्त्री ज्यू ! हामीलाई थुन्नुभन्दा।’
Read full story at source (ratopati.com)