राप्ती प्रतिष्ठानमा एकै दिनमा १ हजार २८५ बिरामीले लिए स्वास्थ्य सेवा
ratopati.com · Mon Aug 03 14:26:16 GMT 2026

काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजसम्मकै सबैभन्दा बढी बिरामीको चाप देखिएको छ। प्रतिष्ठानको लाइभ सेवा तथ्यांकअनुसार साेमबार एकै दिन १ हजार २८५ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।
जुन प्रतिष्ठानको इतिहासमै हालसम्मको सबैभन्दा उच्च दैनिक बिरामी संख्या हो। तथ्यांकअनुसार १,१८० जना बिरामीले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन् भने ५१ जना आकस्मिक (इमर्जेन्सी) सेवामा उपचारका लागि आएका छन्। यसैगरी ५४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएको प्रतिष्ठानका अस्पतालका निमित्त निर्देशक डा. सुरेश रसाइीले जानकारी दिए ।
Read full story at source (ratopati.com)