साउनको आधा बितिसक्दा पनि धान रोप्न अझैँ बाँकी
nagariknews.nagariknetwork.com · Mon Aug 03 13:10:39 GMT 2026

किसानलाई चाहिँदो वर्षा नहुँदा यस वर्ष साउनको आधा बितिसक्दा सम्म उदयपुरमा धान रोपाइँ पुरा हुन सकेको छैन। असारभित्रै रोपाइँ सकिसक्नु पर्ने धान खेत आवश्यकता अनुसार वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो।
असार सुरुमै केही दिन वर्षा हुँदा किसानलाई रोपाइँमा भ्याई नभ्याई भएको थियो। तर,एक्कासि वर्षा रोकिएसँगै रोपाइँ पनि रोकिन पुगेको हो। साउन दोस्रो सातासम्म जिल्लामा ८० प्रतिशत हाराहारी मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)