नयाँ आर्थिक वर्षसँगै उपभोक्ताको भान्सामा महँगीको मार
ratopati.com · Mon Aug 03 14:15:00 GMT 2026

काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरू भएको १५ दिन नबित्दै बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि र अभाव देखिएको छ । बजारमा खाना पकाउने (एलपी) ग्यास र चिनीको अभाव सिर्जना हुनुका साथै भान्सामा दैनिक प्रयोग हुने तेल, दाल, चामल र डाल्डा घ्यूसहित अण्डा र मासुको मूल्य ह्वात्तै बढेको छ ।
बजारमा ग्यासको सहज आपूर्ति नहुँदा एउटा सिलिन्डर पाउन हप्तौँ कुर्नुपर्ने अवस्था आएपछि नेपाल आयल निगमले टेकुस्थित पुरानो कार्यालय परिसरबाट सीमित उद्योगका ग्यास बिक्री वितरणको अल्पकालीन व्यवस्था मिलाएको छ । त्यहाँ उपभोक्ताले घण्टौँ लाइन बसेर पनि ग्यास पाउन मुश्किल भएको गुनासो बढिरहेको छ ।
Read full story at source (ratopati.com)