करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार
lokaantar.com

करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि योग्य कारोबारको सङ्ख्या आज ११ लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार आज दिउँसोसम्म यस्तो उपभोक्ता कारोबारको सङ्ख्या १० लाख ८२ हजार ६२२ पुगेको हो।
यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट (अपलोड) गरिएका बिलको सङ्ख्यासमेत समावेश छन्। उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेका भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो सङ्ख्या बढ्ने अनुमान विभागले गरेको छ।
Read full story at source (lokaantar.com)